विप्लवका छोरा पक्राउ र झाँक्री पक्राउमा जनताको समर्थन झाँक्रीलाई देख्दा जनताले हतियारको राजनीति नचाहेको बुझिन्छ

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दका छोरा प्रकाशलाई प्रहरीले बुधबार पक्राउ गर्यो भने रामकुमारीलाई बिहिबार । झाँक्री पक्रिँदा सरकारलाई चारैतर्फबाट दबाब सिर्जना भयो । तर , प्रकाश पक्रिँदा कोही बोलेन यसले हिंसाको राजनीति गरिरहेकाहरुलाई जनताले मन पराएका छैनन् भन्ने अनुभव गर्न सकिन्छ । प्रकासका पिता विगत लामो समयदेखि हतियारको गुण्डाराज राजनीति गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले प्रकाशलाई बुधबार बिहान नियन्त्रणमा लिएको थियो भने भाँक्रीलाई उनकै निवास संखमुलबाट । प्रकासलाई चितवन मेडिकल कलेजको सेवा बन्द गर्न खोजेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शालिकराम शर्माले जानकारी दिएका थिए । यता झाँत्रीलाई राष्ट्रपतिलाई नकारात्मक टिकाटिप्पणी गरेको भन्दै पक्रिएको हो । दुबै मुद्दा उस्ताउस्तै छ । सरकारले आफ्ना विरोधी तत्वलाई पुलिसको ज्यादतीले ठिक पार्न सकिन्छ भन्ने ठानेको छ । विप्लवका छोरा पक्रिँदा जनताले वास्ता नगर्नु हतियारको युद्धलाई जनताले अनुमोदन नगर्नु हो । यो तथ्यलाई विप्लवले अनुभूति गर्न पर्छ ।