ताजकिस्तान केन्द्रबिन्दु भएर भूकम्प जाँदा भारतमा पनि धक्का अनुभव

काठमाडौं । शुक्रवार राति ताजकिस्तान केन्द्रबिन्दु भएर भूकम्प जाँदा भारतका कतिपय शहरमा पनि धक्काको अनुभव भएको छ ।

युएस जियोलोजिकल सर्भेका अनुसार राति १०।३१ बजे ताजकिस्तानको मुर्कोभ केन्द्रविन्दु भएर ५।९ रिक्टर स्केलको भूकम्प गएको हो। रोयटर्स र भारतीय समाचार संस्था एएनआईले भूकम्प ५।९ रिक्टर स्केल नै भएको जनाएको छ।

भूकम्पपछि धक्का महसुस गरिएका क्षेत्रका मानिसहरु तत्काल घर बाहिर निस्केका थिए। उक्त भूकम्पबाट क्षति भएकोबारे भने विवरण आइसकेको छैन। ताजकिस्तानको इमर्जेन्सी सिचुएसन मिनिस्ट्रीले भूकम्पको केन्द्रविन्दु चीनको सीमा नजिकै भएको जनाएको छ। त्यहाँको भूकम्प मापन केन्द्रले भने ६।१ रिक्टर स्केल शक्तिसहितको भूकम्प गएको जनाएको छ।

भारतको नेसनल सेन्टर फर सिस्मोलजी एनसीएसले भने यो भूकम्प ६।३ रेक्टर स्केलको रहेको जनाएको छ। शुरुमा एनसीएनले भूकम्पको केन्द्रविन्दु नै भारतको अमृतसार भएको जनाएको जनाएको थियो पछि त्यसलाई सच्याइयो ।

ताजा अपडेट