म्यूजिक भिडियोमा प्रियंका कार्की

काठमाडौं । लामो समयको अन्तरालपछि अभिनेत्री प्रियंका कार्की म्यूजिक भिडियोमा देखिएकी छन् ।

गायक ओम सुनार र गायिका एलिना चौहानको स्वर रहेको ‘फूलभन्दा कोमल’ बोलको गीतमा प्रियंकाले मोडल विकेश शाहीसँग अनस्क्रिन रोमान्स गरेकी छन् । गीतमा ओमकै शब्द र संगीत छ ।

कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियो चन्द्रागिरी हिल्सका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

हेराकुमार शाही ‘मगचा’द्वारा निर्मित म्युजिक भिडियोमा राकेश शाहीको कोरियोग्राफी, कृष्ण पाण्डेको छायांकन र श्याम कुँवरको रंग संयोजन छ ।