पशुपति सुनको जलहरी विवाद झन् झन् चर्किंदै

काठमाडौं । नेपाली सेनाको सुरक्षामा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी निर्माण थालेपछि यसबारे बिवाद झन् चर्किन थालेको छ । गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गएर पूजा–अर्चना गरे । उनले पूजा मात्र गरेरन् पशुपतिनाथको मुख्य मन्दिरमा रहेको शिवलिङ्ग मुनि राख्ने सुनको जलहरी निर्माणको लागि राज्यकोषको ३० करोड रुपैयाँ दिने घोषणा समेत गरे ।

प्रधानमन्त्री ओलीको सो घोषणापछि यसबारे सार्वजनिक रुपमा विरोध भएको छ । सम्पदाविद् एवम् सम्पदाप्रेमीहरुले प्राचीन स्मारक ऐन विरुद्धको गतिविधि भन्दै विरोध गरेका हुन् । यूनेस्कोले विश्वसम्पदा सूचीमा समावेश गरेको पशुपतिनाथ मन्दिरमा उसको मार्गनिर्देशक सिद्धान्तअनुसार गतिविधि गर्न नहुने, साथै नेपालको कानुन प्राचिन स्मारक ऐन २०१३ को विपरितको काम भएको भन्दै विरोधको स्वर उठिरहेको छ । पशुपतिमा पूजा व्यवस्थापन लगायतका कामम खटिने भण्डारीहरुले पनि यसको विरोध गरेका छन् । रातोपाटीबाट