छोरालाई जागिर खुवाउन प्रमुख निर्वाचन आयुक्त थपलियाको महानगरमा दबाब

कठमाडौं । सरकारले बैशाख १७ गते निर्वाचन घोषणा गरे पनि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया भने पदको दुरुपयोग गर्दै छोरा सारांश थपलियालाई इन्जिनियरमा नियुक्ति गर्न भन्दै ललितपुर महानगरपालिकालाई चर्को दबाव दिईरहेका छन् ।

निर्वाचनको मुखमा उनले निर्वाचन गराउन दौडधुप गर्नुको सट्टा छोरालाई जागिर खुवाउन ललितपुर महानगरपालिकालाई लगातार दबाब दिईरहेका छन् ।

आयुक्त थपलियाले आफ्नो छोरालाई जेनतेन इन्जिनियर बनाए पनि उनको छोरासँग अन्य प्रतिस्पधीसँग प्रतिस्पर्धा गरेर सरकारी इन्जिनियर हुन सक्ने क्षमता नभएकोले यसरी दबाब दिएको महानगरका कर्मचारीको गुनासो छ ।

ललितपुर महानगरपालिकालाई  हाल १४ जना इन्जिनियरकोआवश्यकता छ । मेयर चीरबाबु महर्जन पनि आफ्ना भाइ, भतिजा, नातेदार र आयुक्त थपलियाको छोरालाई इन्जिनियर बनाउन लागिपरेका छन् । विधिलाई चुनौती दिँदै हिँडेका चीरबाबु र आयुक्त थपलियाको यो घृणित खेलको शीकार भने योग्य इन्जिनियरहरु हुनुपर्नेछ ।

ताजा अपडेट