मेडिकल काउन्सिलको परीक्षााम ४५ प्रतिशत एमविविएका विद्यार्थी फेल

काठमाडौं । चिकित्सा क्षेत्रमा प्रवेश गर्न चाहने एमविविएस पढेर आफूलाई डाक्टरका रुपमा चिनाउन चाहने विद्यार्थीहरु मध्ये ४५ प्रतिशत एमविविएसका विद्यार्थीहरु मेडिकल काउन्सिलको परिक्षामा फेल भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले लिएको परिक्षामा भावी डाक्टरहरु ४५ प्रतिशत र विडिएसका ५५ प्रतिशत विद्यार्थीहरु अनुर्तीर्ण भएका छन् ।

चिकित्सा पेशामा संलग्न हुनका लागि एमविविएस अध्ययन गरेका विद्यार्थीहरुले सो तह उर्तीण गरेपछि नेपाल मेडिकल काउन्सिलको परिक्षामा उर्तीण हुनु पर्ने हुन्छ । तर नेपालको चिकित्सा क्षेत्रको अध्ययनमा बढ्दै गएको आर्थिक अराजतकताका कारण यतिधेरै संख्याका काउन्सिलमा परीक्षा दिने विद्यार्थीहरु फेल भएका छन् ।

यसले के प्रष्ट पार्दछ भने नेपालका चिकित्सा अध्ययनका लागि गुणस्तरीय भन्दा पनि संख्यात्मक रुपमा मेडिकल कलेजहरु बढ्दै गईरहेको र विद्यार्थीबाट अत्यधिक रकम असूल्ने धन्दा मात्र गर्ने गरेको हो कि भन्ने आशंका पैदा भएको छ ।