वैदेशिक रोजगारीमा जानेलाई एनसेलको सहयात्री सिम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई सहयोगी सिम योजना ‘सहयात्री सिम’ बजारमा ल्याएको छ । यो सिमको केही मुख्य विशेषताहरुमा स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा आदि पर्दछन् ।

शुक्रबार फाल्गुन १४ बाट संचालनमा आएको यो योजनाले वैदेशिक रोजगारीमा जाने युवालाई प्रथमिकतामा राखेको छ । यो योजना ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत बजारमा आएको
कम्पनीले जनाएको छ । यसले विदेश जाँदै गरेको व्यक्ति र उसको परिवारलाई सहयोग मिल्ने एनसेलको दावी छ ।