एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ बोनस दर सार्वजनिक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ बोनस दर सार्वजनिक भएको छ ।

कम्पनीले बीमा समितिबाट फागुन ९ गते, आइतबार स्वीकृत भए अनुसार ५ प्रकारका बीमा योजनाहरूका लागि बोनस दर सार्वजनिक गरेको हो ।

बोदस दर प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म निर्धारण गरेको कम्पनीले जनाएको छ ।