छत्रपति शिवाजीको भूमिकामा शाहिद

काठमाडौं । अभिनेता शाहिद कपूर नँया फिल्ममा देखिने भएका छन् । शाहिद अब छत्रपति शिवाजीको बायोपिकमा देखिँने भएका हुन् ।

भारतिय संञ्चारमाध्यमका अनुसार  फिल्म ‘कबीर सिंह’का निर्माता अश्विन वर्देले निकै महंगो बजेटमा छत्रपति शिवाजीको बायोपिक बनाउदैछन् ।

शाहिदले यसअघि सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ मा राजाको भूमिका निभाइसकेका छन् ।

शाहिद यतिबेर  ‘जर्सी’को सुटिङ सकेर प्रोमोसनको तयारीमा रहेका छन्।  ‘जर्सी’मा उनी एक क्रिकेटरको भूमिकामा देखिँनेछन् ।  ‘जर्सी’ नोभेम्बर ५मा  रिलिज हुने तयारीमा रहेको छ ।