बुमराहले इङ्ल्याण्डसँग हुने आगामी खेल नखेल्ने

काठमाडौं । भारतीय तीब्र गतिका बलर जसप्रीत बुमराह इंग्ल्याण्डविरुद्धको चौथो टेष्ट क्रिकेट नखेल्ने भएका छन्।

उनले व्यक्तिगत कारण देखाएर उक्त खेल खेल्न नसक्ने भन्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष अपिल गरेका थिए। बीसीसीआईले उनको अपिल स्वीकार गरेको छ।

भारत र इंग्ल्याण्डबीच चौथो तथा अन्तिम टेष्ट अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।  भारतले टेष्ट सिरिजमा २–१ को अग्रता बनाएको छ। पहिलो टेष्ट इंग्ल्याण्डले जितेको थियो भने दोस्रो र तेस्रो टेष्ट भारतले जितेको थियो।

बुमराहले जारी सिरिजमा दुई टेष्ट खेलेकोमा ४ विकेट लिएका थिए।

ताजा अपडेट