पोखरी खन्ने क्रममा सिम्रौनगढमा विष्णु भगवानको प्राचीन मूर्ति फेला

काठमाडौं, १७ फागुन । सिम्रौनगढमा विष्णु भगवानको प्राचीन मूर्ति फेला परेको छ । सिम्रोनगढ नगरपालिका वडा नम्बर–४ हरिहरपुर टोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी जस्तो देखिने प्राचीन मूर्ति फेला परेको हो ।

स्थानीय किसुन्दर महतो कोईरीको खेतमा शनिवार पोखरी खन्ने क्रममा सो मूर्ति फेला परेको हो । कालो रङ्गको ढुङ्गाको उक्त मूर्ति सात फिट लामो र चार फिट चौडा छ ।

सिम्रौनगढका केही मूर्ति र दरबारका अवशेषलाई काठमाडौँस्थित राष्ट्रिय संग्रहालय छाउनीमा संग्राहित गरिएको छ । राष्ट्रिय संग्रहालयमा सिंहबाहिनी दुर्गा, सप्तअश्वरथ सवार सूर्यमूर्ति र ब्रम्हाको मूर्ति संरक्षित छ । सिम्रौनगढको तोरणद्धारको टुक्रा संग्रहालयको भित्री गेटमै राखिएको छ ।