म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाको ज्यान गयो

काठमाण्डौ । म्यानमारमा प्रहरीले प्रदर्शनकारीमाथि चलाएको गोली लागेर १८ जनाको ज्यान गइसकेको छ ।

बीबीसीले जनाए अनुसनर सो घटनामा ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएर प्रदर्शनलाई काबुमा राख्न खोजेको थियो ।

यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो ।
संयुक्त राष्ट्र सङ्घले सैन्य कू को विरोध प्रदर्शनमा भएको यो ज्यादतीलाई सबैभन्दा घातक दिन भनेको छ ।

गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको थियो ।

हाल म्यानमारको सैन्य कुको विश्वभरि आलोचना भइरहेको छ ।