ओलीले जनताको सहानुभूति बटुल्न आफ्नो छेउछाउ दुईचार ओटा बम पड्काउन पनि पछि पर्दैनन्

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले आफूमाथि सु्रक्षा थ्रेट भएको बताएपछि प्रमले जनताको सहानुभूति प्राप्त गर्न आपूm छेउछाउ दुईचार बम पड्काउन पनि पछि नपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कसँगको अन्तर्वार्ताका क्रममा मंगलबार बिहानै उनले भनेका छन्, ‘उहाँलाई कुनै सुरक्षा थ्रेट छैन जनताको सहानुभूति लिन खोज्नु भएको हो ।’

नयाँ नयाँ फण्डा मन पराउने ओलीले आफैले केही दिनमा छेउँछाउँमा बम पड्काउन सक्ने उनको भनाई छ । भन्छन्, ‘जनताको सहानुभूति लिन प्रधानमन्त्री आफैंले केही दिनमा छेउँछाउँमा बम पड्काउन सक्नुहुन्छ’ ।

खतिवडाले प्रधानमन्त्री ओलीले नेपाली जनताको भावनामाथि खेल्न सक्ने आरोपसमेत लगाएका छन् ।

उनले केपी ओलीको अकर्मण्यका कारण मुलुक अधोगतिमा पुगेकाले आफ्नो पार्टी चुकेको बताउँछन् । तर उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूमिका नखेलेकोप्रति असन्तुष्ट छन् । भन्छन्, ‘केपी ओलीका कारण हामी त चुक्यौं । कांग्रेसले त भूमिका खेल्नुपथ्र्यो नि ।’

नेता खतिवडाले निर्वाचन आयोग अकर्मण्य भयो भन्दैमा आफूहरु सुस्ताएर नबस्ने प्रतिक्रियासमेत दिएका छन् । उनले भने, ‘हामी बुधबारै केन्द्रीय कमिटी बैठक बस्दैछौं । निर्वाचन आयोग केपी ओलीको छायाँ बन्नु हुँदैन । यसको परिणाम आयोगले नै भोग्नेछ ।’