धादिङमा स्काभेटरको ठक्करबाट घाइते महिलालाई चालकले जिउँदै पुरिदिए

काठमाडौं।धादिङमा स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् ।

तर स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डो वरिपरिको माटो खनेर पुरिदिएका थिए ।
काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले स्काभेटरले मान्छे पुर्यो भन्दै हल्ला गरेपछि चालक भागेका थिए । पछि खाल्डो खनेर कुमालको शव झिकिएको थियो । खबर कान्तिपुर दैनिकबाट