‘फूलबुट्टे सारी’को रेकर्डलाई यूटुबमा नयाँ गीत ‘टाढा भएपनि’ ले तोड्यो

काठमाडौं । म्युजिक भिडियो सार्वजनिक भएको १८ दिनमा १ करोड पटक हेरिएको ‘फूलबुट्टे सारी’को रेकर्डलाई नयाँ गीत ‘टाढा भएपनि’ ले तोडेको छ ।

अस्मिता अधिकारीको स्वर रहेको यो गीतलाई १५ दिनमै १ करोड बढी दर्शकले हेरेका छन् ।

गीतमा उर्गेन दोङको शब्द तथा संगीत छ । भिडियोमा पल शाह र मलिका महत फिचर्ड छन् । यो गीतलाई २४ घन्टामा ९ लाख ७२ हजार पटक हेरिएको थियो ।

एकदिनमा कुनै गीत सबैभन्दा धेरै हेरिएको यो नै पहिलो हो । अभिनेता पलले फेसबुकमार्फत दर्शकप्रति आभार व्यक्त गरेका छन् ।