फ्रान्सेली पूर्व राष्ट्रपति निकोलस सार्कोजीले तीन वर्ष जेल जानुपर्ने

एजेन्सी । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीले तीन वर्ष जेल जानुपर्ने भएको छ। आफुविरुद्ध लागेको एक आपराधिक आरोपबारे सुचना उपलब्ध गराउन सार्कोजीले सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेपछि उनको आरोप प्रमाणित भएको थियो ।

जेल सजाय हुने सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन्। सार्कोजीका कानुन व्यवशायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई पनि तीन वर्ष जेल सजाय सुनाइएको छ। ६६ वर्षीय सार्कोजीले सजाय भएकोमध्ये एक वर्ष घरमै बसेर काट्न सक्ने जनाइएको छ।