सूर्य चिह्न र बहुसंख्यक सभासद हाम्रै होः माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधवपक्षका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न र सभासदहरु आफ्नो पक्षमा पर्ने बताएका छन् ।
वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतले हराउँदा समेत प्रधानमन्त्रीले राजीनामा नदिनु नैतिकता खडेरी भएको टिप्पणी गरेका छन् ।

उनले विश्वका अन्य मुलुकमा भए सर्वोच्चले फैसला सुनाउने बित्तिकै राजनीमा दिने नजिर भए पनि नेपालमा सत्ता सम्हालिरहेका व्यक्तिमा नैतिकता नै नभएको आरोप लगाए ।

अध्यक्ष नेपालले नैतिकताको प्रश्नमा भरतमोहन र मनमोहन जस्ता उदाहरणी व्यक्तिबाट पाठ सिक्नु पर्ने बताउँदै संसदबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिए ।

उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसहेकाले सबै सांसदहरुले आफुहरुलाई साथ दिने र सूर्य चिह्न पनि आफूहरुले नै प्राप्त गर्ने जिकिर गरे । उनले सूर्य चिह्नमा कसैलाई कर्के नजर हेर्न नदिने बताउँदै चोइटिएका पार्टीले नभई मूल पार्टीले प्राप्त गर्ने जिकिर गरे ।

अध्यक्ष नेपालले नेपालको राजनीति भरतमोहनको पथमा चले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि पाठ नसिकेको आरोप लगाए ।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...