कंगो र गुएनामा इबोलाका नयाँ संक्रमित भेटिए

एजेन्सी। कंगो र गुएनामा फेरि इबोलाका नयाँ संक्रमितहरु भेटिएको सञचार माध्यमममा जनाइएको छ। । २८ जना व्यक्तिमा केहि हप्तादेखि इबोलाका संक्रमित भेटिएपछि अफ्रिकी मुलुकमा तनावको अवस्था सिर्जना भएको छ ।

सो कुराको जानकारी अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हिजो मंगलवार दिएएको सञ्चार माध्यमहरुले जनाएका छन् । सो डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको निधनसमेत भइसकेको छ ।

कंगोमा ११ जना इबोलाका विरामी भेटिए भन्ने अफ्रिकी सञ्चार माध्यमले जनाएका छन् । चार जनाको यो भाइरसका कारण मृत्यु भइसकेको समाचारहरुमा जनाइएको छ। । त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको र सात जनाको मृत्यु भइसकेको छ ।