तनहुँमा करेन्ट लागेर एक किशोरको मृत्यु

काठमाडौं । तनहुँको भानु नगरपालिका-१ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय डुम्रेका इञ्जार्च प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार करेन्ट लागेर तामाङ मृत अवस्थामा खोलामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको भुसालले बताए ।

ताजा अपडेट