भारतको सरकार असफल भएपछि विरोधी कलाकारको घरमा छापा

काठमाडौं । भारतको सरकार असफल हुँदै जाँदा उसको निसानामा आफ्नो विरोध गर्ने कलाकारहरु पर्न थालेका छन् ।

चार जना बलिउड कलाकारको घरमा भारतको आयकर विभागले छापा मारेको छ ।

फिल्म निर्माता तथा निर्देशक अनुराग काश्यप, निर्देशक विकास बहल, निर्माता मधु मन्टेना र अभिनेत्री तपशी पन्‍नुको घरमा अनुसन्‍धान गरेको हो ।

काश्यपको फ्यान्टम फिल्म्ससँग जोडिएको भारतीय सञ्‍चारमाध्यमले जनाएको छ । उनीहरूमाथि कर छली गरेको आरोप छ ।

फ्यान्टम फिल्म्सको स्थापना स्थापना अनुराग काश्यप, विक्रमादित्य मोटवानी, मधु मन्टेना र विकास बहलले मिलेर गरेका थिए ।

सन् २०१८ मा विकास बहलमाथि यौन शोषणको आरोप लागेपछि कम्पनी बन्द भएको थियो । त्यसपछि चार साझेदारहरू अलग्गिएका थिए ।

मुम्बईमा नायिका तापसी पन्नू, डाइरेक्टर अनुराग काश्यपको घर समेत गरि २२ स्थानमा इनकम ट्याक्समा छापा मारिरहेको छ ।

यसबाहेक आयकर विभागको टिमले पुणेमा पनि केही स्थानमा जाँच गरिरहेको छ । आयकर विभागको निशानामा अहिले चार कम्पनी छन् ।