गायक सन्दीपको ‘सान्बाबु…’ सार्वजनिक

काठमाडौं– गायक सन्दीप न्यौपानेले आफ्नो पछिल्लो लोकप्रिय गीत ‘लालु मै..’ को सफलतापछि नयाँ गीत ‘सान्बाबु…’ सार्वजनिक गरेका छन् ।

उक्त गीतमा गायक न्यौपानेलाई गायिका सम्झना भण्डारीले साथ दिएकी छिन् ।

उक्त गीतमा सुदिप सागरको संगीत संयोजन छ ।

प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको गज्जबको छमछमी देख्न सकिन्छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् ।

शिव हमालको च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियो रिलिज लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताएका छन् ।

गायक न्यौपानलेका यस अघिका गीतहरु लालुमै, ओक्कल दोक्कल, काली भन्न मिलेन आदि लोकप्रिय छन् ।