सरकार र नेपाल कम्यूनिष्ट पार्टी वीच तीन बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र भूमिगत राजनीति गर्दै आईरहेको नेपाल कम्युनिष्ट पार्टीवीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्यूनिष्ट पार्टीका तर्पmबाट प्रकाण्डले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्री ईश्वर पोखरेल, सरकारका मन्त्रीहरु एवं नेकपाका महासचिव नेत्र विक्रम चन्दको लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सहमति पत्रमा नेपाल कम्यूष्टि पाटीले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध फुकुवा गर्ने, नेता कार्यकर्ता रिहा गर्न गर्ने लगायतका सहमति भएको छ ।