प्रचण्ड माधव समूहले गर्यो संसद बैठक बहिष्कार

काठमाडौं । राष्ट्रपतिले बोलाएको आजको संसद बैठक प्रचण्डमाधव नेपाल पक्षले बहिस्कार गरेको छ । संसद बैठक शुरु भएपछि भिम रावलले प्रधानमन्त्रीको वैधानिकताको प्रश्न उठाए ।

रावलले प्रधानमन्त्रीले वैधानिकता गुमाएकोले सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री ओलीले कुनै पनि सरकारी विधेयकहरु यो संसदमा ल्याउनु अवैधानिक रहेको जिकीर गरेका थिए । रावलले आफैंले हत्या गरेको संसदमा आएर प्रधानमन्त्रीले अध्यादेश पेश गर्न मिल्छ कि मिल्दैन भनी सभामुखलाई प्रश्न गरे ।

आजको कार्यसूचीमा संवैधानिक परिषदसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेकोमा त्यो कार्यक्रम रद्द गर्न पनि रावलले अपील गरे ।

सभामुखले विधेयक आजै प्रश्तुत गर्नुपर्ने बताएपछि भिम रावलले आफूहरुले संसद बैठक बहिष्कार गर्ने जानकारी दिए । त्यसपछि प्रचण्ड लगायतका नेताहरु संसदबाट बाहिरिए ।

+ posts

सम्वन्धित समाचार

स्रोत नखुलेको ८० लाख रूपैयाँसहित एक जना पक्राउ

काठमाडौं । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट प्रहरीले ८० लाख रूपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी...

शाहरुख खानको घरमा एनसीबीको छापा

भारत । नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले बिहीबार बलिउड अभिनेता शाहरुख खानको घरमा छापा मारेको छ। एनसीबीले शाहरुख खानको...

ताजा समाचार

विराटनगर विमास्थलमा बाढी पसेपछि सवै उडान रद्द

विराटनगर । आईतबारदेखि निरन्तर परेको वर्षाका कारण मुलुकभरको जीवन अस्तव्यस्त बनाएको छ । बर्षाका कारण बाढी पहिलोले बस्ति डुवानमा मात्र परेका छैनन्...

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...