काठमाडौं महानगरका वडा सचिव ४० हजार घुस सहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा सचिव भरतकुमार पोखरेल ४० हजार घुस सहित पक्राउ परेका छन् ।

पोखरेललाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकक्षबाट नै नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात विल भुक्तानी दिएबापत ४० हजार घुस लिएको भन्दै अख्तियारले रकम सहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

ताजा अपडेट