कृषि पत्रकारहरुका लागि २५ लाखको स्वास्थ्य उपचार कोषको घोषणा

काठमाडौं । ओझेलमा पर्ने गरेको कृषि क्षेत्रका विषयमा कलम चलाउँदै आईरहेका पत्रकारहरुलाई लक्षित गरी नेपाल कृषि पत्रकार महासंघले २५ लाखको स्वास्थ्य उपचार कोषको घोषणा गरेको छ । नव गठित नेपाल कृषि पत्रकार महासंघका अध्यक्ष वैकुण्ठ भण्डारीको अध्यक्षतामा बसेको महासंघको पहिलो वैठकले सो निर्णय गरेको हो ।

किसानलाई जस्तै कृषि पत्रकारहरुलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुन नसकिरहेका बेला कृषि पत्रकारहरुलाई उत्प्रेरित गर्ने उदेश्यकले स्वास्थ्य कोष स्थापना गर्न लागिएको अध्यक्ष वैकुण्ठ भण्डारीले जानकारी दिए ।

नवगठित महासंघको उपाध्यक्षमा सुमन पन्थ, महासचिवमा पवन श्रेष्ठ, सचिव गोपाल आले, कोषाध्यक्ष कमला भट्टराई चयन भएका छन् । देशैभर समान उदेश्य राखि स्थापना भएका कृषिसंग सम्बन्धीत संचार संस्थाहरुलाई छाता संगठनमा आवद्धताका लागि समेत महासंघको पहिलो वैठकले आव्हान गरेको छ ।

विगतमा स्थापना भएका कृषि पत्रकार समाज नेपाल , नेपाल कृषि पत्रकार प्रतिष्ठान र कृषि सञ्चार समाज एकीकरण गरी नेपाल कृषि पत्रकार महासंघ स्थापना गरिएको महासचिव पवन श्रेष्ठले इकालोपाटीलाई जानकारी दिए ।

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...