ओलीले कबोलेको ३० वर्ष भएछ , अझै फर्किएन रतुवाको पाता

काठमाडौं । रतुवा र मावा नदीको बीचमा पर्छ दमकबजार । रतुवा त झन् उत्तरदेखि दक्षिणसम्मै बग्दा झापा क्षेत्र नं। ५ को बाटो भएर जान्छ । तर सधैंभरि उस्तै रहेर आफ्नो लयमा बग्दैन । त्यसैले यस क्षेत्रका नागरिकलाई रतुवाको भरोसा भन्दा आतंक धेरै छ । यो कुरा राज्य संयन्त्रले नबुझेको होइन, नेताहरूले नबुझेका होइनन् । ३० वर्षदेखि रतुवा र मावा आसपासको क्षेत्रलाई नै आधार बनाएर राजनीति गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली त झन् रतुवाको बाढीबारे धेरै नै जानकार छन् ।

त्यसैले उनले २०४८ सालयताको प्रत्येक चुनावमा रतुवा र मावाको पाता फर्काउने घोषणा गरिरहेका छन् । तर कुनै त्यस्तो वर्ष छैन, यी नदीहरूको वितण्डाका कारण किनारका नागरिकको घरबास भत्किएको नहोस्, खेतीपाती गर्ने जमिन गुमेको नहोस् । यसपालिको बाढीले पनि दमक नगरपालिकाको वडा नं। ७, कमल गाउँपालिका(६ को खयरमारा क्षेत्र, गौरादह नगरपालिका(५ चप्रमारी क्षेत्रमा विध्वंस मच्चाएको छ ।

स्थानीय तहको चुनावमा भोट माग्ने नेताहरूले तटबन्ध गरिदिन्छौं भनेका थिए, आउँदै गरेको संघीय र प्रदेशको निर्वाचनमा पनि रतुवाको बाँध नै भोट माग्ने माध्यम हुँदैछ भन्ने यस क्षेत्रका नागरिकलाई राम्रै गरी थाहा छ । भाषण सुनेपछि जनताले भरोसा गरेर २०७४ को निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई भोट हालेकै हुन् । त्यसअघिका अरू ६ वटा निर्वाचनमा पनि ओलीलाई भोट हालेकै थिए जनताले । उनी प्रधानमन्त्री पनि भए । तर ओलीले भाषण गरेझैं रतुवा र मावाको पाता फर्किएन, बरु बस्ती र बालीतिर पसेको बाढीले जनताको विचल्ली बनायो ।

रतुवाको बाढीले विचल्लीमा पर्नेमध्येकै हुन् दमक(७ की ६० वर्षीया विष्णुमाया लिम्बू । यो ठाउँमा आफ्नो परिवार कहिलेदेखि बस्दै आयो लिम्बूसँग हिसाब पनि छैन । तर बाँध नबाँधेकै कारण रतुवा उनको बस्तीतिर सर्दै(सर्दै आयो । पोहोर कात्तिकमा आएको बाढीले लिम्बूको आधा घर भत्काइदियो, यसपालि बर्खाको भेलले केही पनि बाँकी नराखी घरै लग्यो ।

लिम्बू रतुवाले नामोनिसानै नछोडी भत्काएको घरछेउमा ठेला राखेर अहिले चटपटे बेच्छिन् । उनको जीविकोपार्जनको माध्यम नै अहिले त्यही चटपटे पसल हो । रतुवाभन्दा अलिपर उनले मासिक २ हजार तिर्ने गरी कोठा भाडामा लिएकी छिन् । ‘यो त हाम्रो सम्पत्ति हो नि १ आफू बसेको ठाउँको माया(ममता हुन्छ नि’ लिम्बूले भनिन्, ‘पहिले त खोला अलिपर थियो । बाँध लगाइदिएको भए हाम्रो घर नै बगाउँदैनथ्यो । भोट माग्न आउँदा त बाँध लगाइदिन्छु भन्दैथिए, अहिले त मलाई भोट हाल्नै मन छैन ।’

यी नदी नियन्त्रणको पहलै नभएको भने होइन । रतुवा र मावा नदी तीन वर्षमा नियन्त्रण गरिसक्ने भनेर एक वर्षअघि नै सम्झौता भएको थियो । एशियाली विकास बैंकको ऋण सहयोगमा रतुवा र मावाका १९ ठाउँमा तटबन्ध निर्माण गर्न ठेक्का लागेको छ । तर एक वर्ष बितिसक्दा पाँच प्रतिशतसम्म पनि काम भएन । ठेक्का लाग्दा पनि काम नभएपछि रतुवा छेउका बस्ती र खेतमा अहिले पनि बाढी पस्यो । बाढीले आधा घर भत्काएपछि बस्न नसकेर रातारात डेरा सरिन् दमक(७ की डालु शेर्पा । तर दिनभरि उनी त्यही भत्किएको घर हेर्न किनारातिर पुग्छिन् । उनलाई नेताहरूले बाचाअनुसार काम गरेको भए अहिले आफ्नो घर भत्किने थिएन भन्ने लाग्छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा एक वर्षअघि रतुवा र मावाका १९ ठाउँमा नदी नियन्त्रणका लागि ठेक्का लागेको छ । चिनियाँ कम्पनी एचजेएमसी तथा नेपाली कम्पनीहरू मैनाचुली, रोशन निर्माण कम्पनीले संयुक्त रूपमा ठेक्का लिएका थिए । एक अर्ब रुपैयाँमा बनाउने भनिएको तटबन्धका लागि १९ ठाउँमा बाँध लगाउने भनेर यी कम्पनीहरूले २०७८ जेठमा ७३ करोडमा सम्झौता गरेका थिए । सम्झौता गरेपछि स्थानीय नागरिकलाई अब रतुवा र मावाले फेरि दुःख दिन्न भन्ने लागेको थियो । तर एक वर्षमा पाँच प्रतिशत पनि काम भएन । बाढी यसैपालि पनि आयो ।

खोलामा बाढी आउँदा मात्रै होइन, आकाश गड्याङगुडुङ गर्दा पनि स्थानीय बासिन्दाको मनमा डर पैदा हुन्छ । कमल गाउँपालिका(६ खयरमारीका देवेन्द्र माझी खोलाको आवाज बढ्ने बित्तिकै मनको शान्ति र आँखाको निद्रा हराउने अनुभव सुनाउँछन् । ‘पहिले पहिले त बजेट पनि आएन । अहिले बजेट त आयो तर काम आएन’ माझी सुनाउँछन्, ‘यसपटक बजेट त पाए नि तर सक्नुपर्ने काम सकेनन् १ चुनावको भाषण गर्दा खोलाको पाता फर्काउँछु भन्थे, उल्टै हाम्रो पाता फर्काए । चुनाव सकिएपछि सबै नेता आ(आफ्नो पार्टीतिर फर्किए ।’

प्रधानमन्त्री भएर पनि एमाले अध्यक्ष ओलीले आफूहरूका लागि केही काम नगरेको दुःखेसो गर्छन् माझी । ‘हाम्रो भोटले केपी ओली प्रधानमन्त्री नै बन्नुभयो । तर उहाँ प्रधानमन्त्री भएपछि केही गर्नुभएन’ माझीले भने, ‘पानी पर्दा राति खुब डर लाग्छ, राति कहिले त बस्तुभाउ छोडेर पनि भाग्यौं । पानी पर्दा शीतल हुनुपर्ने, निद्रा लाग्नुपर्ने हो, तर खोला कराएपछि निद्रै लाग्दैन, कतिपटक घाँटी(घाँटी पानी आएको छ । पोहोर पनि भत्कायो, अहिले पनि उस्तै छ ।’

आफूहरूले पटक(पटक समस्या राख्दा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ । ठेक्का हात पारेका मध्ये मैनाचुली कन्स्ट्रक्सन दमक नगरपालिकाका मदन अधिकारीको हो । उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकटका व्यवसायी मानिन्छन् ।

मदन गत वैशाख २९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दमक नगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवार भएकी गीता अधिकारीका श्रीमान् हुन् । मदन सत्ता र शक्तिको आडमा भएकाले समयमै काम नसके पनि विरोधका स्वर नसुनिएको दमक नगरपालिकाका प्रमुख राम थापा बताउँछन् ।

‘जनता त बिहान(बेलुकै कराउँछन् नि, तर हामी मात्रैको तागतले हुने कुरा पनि भएन’ थापाले भने, ‘ठेक्का पाएका मान्छेलाई शक्तिकै आडभरोसा छ, जे गरे पनि भयो । तीन वर्षको समयसीमा छ, तीन वर्षमा सिध्याउन पनि आधाउधी प्रगति हुनुपर्‍यो नि त, केही गरेकै छैन । अनलाईनखबरबाट