बारामा टिपरको ठक्करबाट ७ वर्षीया बालिकाको मृत्यु

बारा । गएराति बारा जिल्लामा भएको टिपरको ठक्करबाट ७ वर्षीय बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बिजयपुर–८ का अजय यादव र उनकी ७ वर्षिय छोरी आकृति यादव सवार मोटरसाईकललाई टिप्परले ठक्कर दिँदा आकृतिकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार साँझ सवासात बजेतिर टिपरले बाइकलाई ठक्कर दिएको हो । टिपरसहित चालक बुद्दबहादुर लामालाई नियन्त्रणमा लिएको मिश्रले बताए ।

घटनालगत्तै अस्पताल पु¥याएका यादवको अवस्था चिन्ताजनक रहेको र चालक लामालाई भने  चोटपटक नलागेको बताइएकाे छ ।

घाइते यादवलाई थप उपचारका लागि काठमाडौंस्थित बि.एन.बि अस्पताल  पठाइएको प्रहरी नायव उपरीक्षक मिश्रले  जानकारी दिए ।

ताजा अपडेट