बिजेपीकाे भजन गाउने कंगनाकाे हातमा नेशनल अवार्ड

एजेन्सी । बिजेपीकाे भजन गाइरहने कंगनाकाे हातमा नेशनल अवार्ड परेकाे छ ।  बलिउडकी क्वीन अर्थात् अभिनेत्री कंगना रनौत यतिबेला करियरकै सबैभन्दा उच्च स्थानमा रहँदा याे अवार्ड पाएकी हुन् ।

हालैमात्र कंगनाले आफ्नो जन्मदिनको विशेष अवसरमा आफ्नो फिल्म ‘थलाइवी’ को ट्रेलर लञ्च गर्ने घोषणा गरेकी थिइन् ।

प्रशंसकहरुले कंगनाद्वारा दिएको उक्त सरप्राइज पाएको केही दिनमात्र भएको थियो, यी अभिनेत्रीको तर्फबाट अर्को एउटा ठूलो सरप्राइज आएको छ ।

सोमबार आयोजित ६७ औं नेशनल अवार्ड समारोहमा कंगना रनौत सर्वोत्कृष्ट अभिनेत्रीको नेशनल अवार्डद्वारा सम्मानित भइन् ।

यी अभिनेत्रीलाई सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘मणिकर्णिका’ तथा ‘पंगा’ का लागि उक्त अवार्डले सम्मानित गरिएको  भनिएकाे छ ।

ताजा अपडेट