थ्री नेसन्स कपमा तीन देश भिड्ने , खेल दशरथ रंगशालामा

काठमाडौं। आज मंगलबारदेखि दशरथ रंगशालामा थ्री नेसन्स कप सुरु हुँदैछ । त्यसको पहिलो खेलमा भिड्दै छन्, बंगलादेशको राष्ट्रिय टिम र किर्गिस्तानको ओलम्पिक टिम ।

दुवैको उद्देश्य सुखद सुरुआत नै रहे पनि रणनीति भने फरक छ । जहाँ बंगलादेश आफ्ना केही नयाँ खेलाडीलाई पहिलोपल्ट राष्ट्रिय टिमको अनुभव दिलाउन चाहन्छ ।

किर्गिस्तानको युवा टिम भने बहुमूल्य अनुभव बटुल्न चाहन्छ ।