ओलीसँग आत्मसमर्पण गर्छ भन्ने नसाेचे हुन्छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन । मङ्गलवार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमालले सोधेको स्पष्टीकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताए । उनले स्पष्टीकरणबाट आफूहरू नतर्सेको समेत बताए।

उनले भने, ‘आज एक जनाले विनम्र भावले भन्दै हुनुहुन्थ्यो केपी ओलीसँग मिल्नका लागि के गर्नुपर्‍यो भने उहाँले जे–जे कारबाही गर्नुहुन्छ सहेर भए पनि, पार्टीबाट निकालि दिनुहुन्छ भने पनि, पार्टीबाट निकालिए पनि चुप लागेर सहेर बसिदिनुहोस् । के त्यही बाटोमा हामी जाने हो ? के घुँडा टेक्ने बाटोमा हामी जाने हो ? हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौँ । हामी आतङ्कित भएका छैनौँ । त्यसको सामना गर्न तयार छौँ ।’

एमालेले सोधेको स्पष्टीकरणबाट भागेर मैदान नछाड्ने र पार्टी नफुटाउने पनि नेता नेपालले बताए । अध्यक्ष ओली पार्टी विभाजनको पक्षमा रहे पनि आफूले पार्टी नफुटाउने स्पष्ट पारे। उनले भने, ‘मलाई एक जनाले भन्नुहुन्थ्यो स्टेजमा बस्दाखेरी अनुहार उज्यालो गर्नुहोस्, अलि अँध्यारो–अँध्यारो जस्तो भयो मुसुक्क हाँसिदिनुहोस्, म हाँस्ने प्रयत्न गर्दै थिएँ तपाईँहरूमा अलिकता पनि नपरोस् कि हामी तर्सेका छौँ, केपी ओलीको स्पष्टीकरणबाट तर्सेका छैनौँ । हामी मैदान छोडेर भाग्नेवाला छैनौँ, पार्टी हामी फुटाउँदैनौँ । पार्टी फुटाउने केपी होली हुन् । पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौँ । पार्टीलाई एकताबद्ध बनाउँछौँ ।’

आफू कहिले अलमलमा र द्विविधामा नपरेको पनि नेता नेपालले स्पष्ट पारे । आफूले चुनौतीको सामना गर्दै अगाडि बढ्ने बताए । उनले भने, ‘कस्ता–कस्ता कहाँ आए केपी ओली मेरो समुन्नेमा’ । केपी ओलीको अहिलेको चुरीफुरी प्रधानमन्त्रीको कुर्चीमा बस्दासम्म मात्रै हुने पनि नेता नेपालले बताए।

नेता नेपालले नेकपा एमाले आफूहरूको भएको पनि बताए । केपी ओली बी–माले, सी–माले भएकाले पार्टी छोडेर गए हुने टिप्पणी गरे । उनले भने, ‘नेकपा एमाले हाम्रो हो । केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरेर कानुनी हिसाबले कब्जा गरे भने विचार गरौँला होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बी–माले हुन्, सी–माले हुन्, उनी यो पार्टी छोडेर गए हुन्छ ।’

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।