‘बिहे पास’ पूर्वका विभिन्न स्थानमा छायांकन हुने

काठमाडाैं । चलचित्र ‘बिहे पास’ को छायांकन सुरु भएको छ । याे अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठले पहिलो पटक एकसाथ काम गर्न लागेको चलचित्र हाे । शुक्रवार विराटनगरको एक मन्दिरमा शुभमुहूर्त गरेपछि निर्देशक प्रवेश पौडेलले चलचित्रको छायांकन सुरु गरेका हुन् । चलचित्रमा दयाहाङ र प्रकृति श्रीमान-श्रीमतीको भूमिकामा देखिने छन् । चलचित्र पूर्वका विभिन्न स्थानमा छायांकन हुनेछ ।

रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह-निर्मातामा ग्याल्जेन लामा रहेका छन् । चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले मिलेर तयार पारेका हुन् । त्यस्तै, पटकथा आकाश बराल र सजन काफ्लेको हो । प्रवेशले यसअघि चलचित्र ‘अमेरिकी ब्वाइज’ को निर्देशन गरेका थिए, जसमा उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो ।

यो चलचित्रबाट प्रकृतिले ६ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेकी हुन् । म्यूजिक भिडियो हुँदै चलचित्र ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यसपछि ‘जिन्दगी रक्स र उत्सव’ मा काम गरेकी थिइन् । ‘उत्सव’ रिलिजसँगै विवाह बन्धनमा बाँधिएर उनी श्रीमानसँग अष्ट्रेलियामा बस्दै आएकी थिइन् । उनी दुई हप्ता अगाडि चलचित्रको छायांकनका लागि नेपाल आएकी हुन् ।

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...