घोराहीमा गोली लागेर एक व्यक्तिको मृत्यु

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

घटनास्थल पुग्न तीन÷चार घण्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्कसमेत राम्रोसँग हुन नसक्ने हुँदा घटनाबारे थप विवरणहरु आउन बाँकी रहेको पनि प्रउ चन्दले बताए ।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई राति नै नियन्त्रणमा लिइसकेको बताइएको भए पनि नाम भने सार्वजनिक गरेको छैन । यसैबीच, भरुवा बन्दुकको गोली लागेर मृत्यु भएका गुरुङको शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।रासस

+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...