कांग्रेस नेता नविन्द्रराज जोशीको पशुपित आर्यघाटमा अन्त्येष्टि सम्पन्न

काठमाडाैं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको शनिवार पशुपित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

मस्तिष्कघातका कारण शुक्रवार राति ८.२४ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएकाे थियाे ।

अन्त्येष्टि पूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलिका लागि उनको निजी निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

सानेपामा उनको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

स्व. जोशीको शवलाई श्रद्धाञ्जलि दिन सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए ।

विक्रम संवत् २०१९ असार ३ गते काठमाडौंमा जन्मेका नेता जोशी नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाको पूर्व उपमेयर, विक्रम संवत् २०६४ र २०७० सालमा काठमाडौं क्षेत्र नम्बर ८ बाट संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा ४ दशकभन्दा लामो समय अनवरत संघर्षरत अथक योद्धा स्व. जोशीले राजनीतिलाई सधैं जनताको सेवा गर्ने भावना र अवसरका रूपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान राजनीतिज्ञका रूपमा परिचित थिए ।

मस्तिष्कघात हुनुभन्दा पहिले स्व. नेता जोशी आफ्नो निर्वाचन क्षेत्रको घरघरमा पुगेर कोरोनाको सामग्री वितरण गर्दै आएका थिए । विक्रम संवत् २०७३ सालमा उद्योगमन्त्री बनेका नेता जोशी नेपाली कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए । स्व. जोशीका पत्नी र १ छोरी छन् ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...