सेरेन स्टाेनलाई हजूरबुबाले नै बलात्कारकाे काेसिस

हलिउड । हलिउड अभिनेत्री सेरेन स्टोनले केही दिनअघि हलिउड फिल्म उद्योगमा कामका क्रममा आफूमाथि भएको यौन दुव्र्यवहारका बारेमा कुरा गरेकी थिइन्।

त्यसपछि यही विषयलाई लिएर चर्चामा रहेकी सेरेनले आफ्नो किताब द ब्युटी अफ लिभिङ ट्वाइसमा आफ्नो फिल्मी करिअरदेखि व्यक्तिगत तथा पारिवारिक जीवनसम्मका विभिन्न घटना उल्लेख गरेकी छिन्। सेरेनले पुस्तकमा राखेको अनुभव मानिसहरुलाई अचम्म पार्ने खालका छन्।उनले आफ्नो बाल्य अवस्थामा आफ्नै हजुरबुबाले आफूमाथि यौन शोषणको प्रयास गरेको समेत उल्लेख गरेकी छिन्। चर्चित हलिउड फिल्म बेसिक इन्सिटिक्टकी अभिनेत्री सेरनले आफ्नो किताबमा लेखेकी छिन्– ‘जब म ११ वर्षको थिएँ, त्यति बेला मेरो हजुरबुबाले मेरो साथ दुव्र्यवहार गर्दथे। उनी मेरो साथ मात्र नभई मेरी बहिनीका साथ पनि यस्तै व्यवहार गर्ने गर्थे। अचम्मको कुरा त यो छ कि हजुरबुबाको यस्तो हर्कतमा मेरी हजुरआमाले पनि साथ दिन्थिन्।’

उनले उल्लेख गरेकी छिन्– ‘मेरी हजुरआमा मलाई र बहिनीलाई हजुरबुबाको साथ एक्लै बन्द कोठामा थुनिदिन्थिन्। ताकि हजुरबुबालाई आरामका साथ हामीमाथि दुव्र्यवहार गर्न सजिलो होस्।’ सेरेनले आफू १४ वर्षको भएपछि हजुरबुबाको निधन भएको तथा आफू र आफ्नी बहिनीले हजुरबुबाको अनैतिक व्यवहारबाट छुटकारा पाएको उल्लेख गरेकी छिन्।९० को दशककी चर्चित अभिनेत्रीले केही दिनअघि सन् १९९२ को फिल्म बेसिक इन्सिटिक्टको छायांकनका क्रममा निर्देशक पल वेरहोवेनले झुक्याएर आफ्नो गुप्तांगको छायांकन गरेर फिल्ममा समावेश गरेपछि त्यसको प्रतिकारमा आफूले निर्देशकलाई झापड हानेको बताएकी थिइन्।

ताजा अपडेट