गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन, एक पक्राउ

काठमाडौं । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलवार सामानसहित काठमाडौंको ढुङ्गेअड्डा बस्ने चेतन गोयललाई पक्राउ गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहीको संयुक्त टोलीले गोयलको कस्मेटिक उद्योगमा खानतलासी गर्दा विसं २०७३ सालमा उच्च अदालत पाटनको निर्णयबमोजिम खारेज भइसकेको ट्रेडमार्क प्रयोग गरी कस्मेटिक सामान अनधिकृतरूपमा उत्पादन भएको पाइएको हो ।

प्रहरीले त्यहाँ उत्पादित २४ प्रकारका कस्मेटिक सामान र सामान बनाउन प्रयोग हुने चार वटा मेसिनसहित उद्योग सिल गरेको जनाएको छ । यस्तै सामान भण्डारण गरिएको गोदाम र पसलसमेत सिल गरिएको छ । सामान ओसारपसार गर्न प्रयोग भएको बा १९ च ८०५३ नम्बरको भ्यान र सो भित्र रहेको आठ बोरा सामान पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

गोयलले गुणस्तरहीन मेहन्दी भारतमा उत्पादन भएको हो भनी झुक्याई बिक्री गर्ने गरिएको, मिति समेत नराखेको, नवीकरण नगरी सञ्चालन गरेको पाइएको छ । प्रहरीले दुई वर्षअघि समेत उनलाई पक्राउ गरी कारवाही चलाएको थियो ।रासस

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...