अभिनेता गोविन्दा पनि काेराेना संक्रमित

बलिउडका अभिनेता गोविन्दा अरूण अहुजालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार उनमा कोरोना पुष्टि भएको जनाइएको छ।

उनकी श्रीमती सुनिता अहुजाले आइतबार गोविन्दालाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। गोविन्दा अहिले होम क्वारेन्टिनमा छन्।

उनमा केही लक्षणहरू समेत देखिएको छ। ‘उनमा आज बिहान कोरोना संक्रमण पुष्टि भएको छ। उनमा सामान्य लक्षण देखिएको छ। उनी घरमै क्वारेन्टिनमा छन् र सुरक्षाका आवश्यक सावधानीहरू अपनाइरहेका छन्,’ सुनिताले भारतीय समाचार संस्था पिटिआइलाई भनेकी छन्।