त्रिवेणी ग्रुप सहित ६७ कम्पनीद्वारा करोडौ भ्याट छली (नामसहित)

काठमाडौं । शक्ति र पैसाकै आँडमा उपभोक्तासंग मुल्यअभिबृद्धि कर (भ्याट) असुली गर्ने तर सरकारलाई नबुझाउने व्यवसायी तथा सञ्चाकलकमाथी कारबाही प्रकृया अगाडि बढाएको छ । आफुलाई उच्च घरानीया कम्पनीको हुँकार गर्ने तर कर राजश्व, आयकर र भ्याट समेत छली गर्दै आएको ६८ वटा व्यवसायीक फर्म र उच्च घरानीयाँ कम्पनीका मालिकलाई तत्काल कर, राजश्व, आयकर र भ्याट बुझाउन आउन आन्तरिक राजश्व विभागले कडा निर्देशन जारी गरेको छ ।

विभागकै आदेशमा आन्तरिक राजस्व कार्यालय भरतपुरले ६८ वटा व्यवसायिक फर्मलाई १५ दिनभित्र आयकर र भ्याट तिर्न आउन निर्देशन दिएको छ । लामो समयदेखि बुझाउनुपर्ने भ्याट र आयकरको बक्यौता नतिरेको भन्दै कार्यालयले १५ दिने सूचना जारी गर्दै सो ताकेता गरेको हो । कार्यालयले १५ दिनभित्र बक्यौता नतिरे व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका आवश्यक कानुनी कारवाही गर्ने चेतावनी दिएको छ ।

यसरी तोकिएको समयभित्र राजश्व कर बुझाउन चितवनको पुरानो पेन्ट्स कम्पनी आस्था पेन्ट्स प्रालि रहेको छ । भरतपुर–१२ गोन्द्राङमा रहेको यो पेन्ट्स बन्द गरेर सोही लगानीकर्ताले भरतपुरमै एपोलो पेन्ट्स नाम खोलेर कारोबार गर्दै आएको कम्पनी हो । आस्था पेन्ट्स बिक्री उपभोक्ताबाट उठाएको भ्याटको रकम सरकारलाई नबुझाए पछि सूचना नै जारी गरी बुझाउन आउन १५ दिनको समयसिमा तोकेको छ ।

आस्था पेन्ट्सका संचालक भुपेन्द्रमान सिंह भण्डारी, निर्वाणमान सिंह कार्की, रश्मिसिंह भण्डारी र उमासिंह भण्डारीले आयकर पछि छली गरेका छन् भने कर राजश्व र भ्याट समेत छली गर्दै आएको पाइएको छ । यसैगरी, त्रिवेणी ग्रुप अन्तरगत उत्पादन हुदै आएको त्रिबेणी सिमेन्ट्स नेपाल प्रालिले पनि ठूलोमात्रामा भ्याट र आयकर छली गरेको पाइएको छ । उद्योगका संचालक ओम प्रकाश र श्याम सुन्दर अग्रवालको नाममा रहेको सो उद्योग र उनीहरुले भ्याट र आयकर नतिरेपछि कार्यालयले १५ दिने सूचना जारी गरेर बुझाउन आउन निर्देशन दिएको छ ।

कार्यालयले शिवशक्ति ट्रान्सपोर्ट, कन्काइ÷प्रेरा जेभी, एनएनकोइ विल्डर्स, इनाम एण्ड आशिष कन्स्ट्रक्सन, पूर्ण स्टोर्स, भरतपुर ब्रदर्स कन्स्ट्रक्सन, पावल निर्माण प्रालि, बज्ज बर्गर एण्ड ग्रिल, युनाइटेड ट्रेडिङ हाउस, इको इन्जिनियरिङ, माँ अम्बे ट्रेडर्स, विराज एण्ड ब्रदर्स कन्स्ट्रक्सन, सिद्धबाबा स्केप, ग्रेसी स्पोन रेष्टुरेन्ट, निश्चल कन्स्ट्रक्सन, आरएन ट्रेडर्स, एलिट÷एसविए÷ लम्जुङ कालिका÷साकुरा बबुल जेभी, धौलागिरी बिक्री केन्द्र, शान्ति निर्माण सेवा, पलबी सप्लायर्स, केएल सप्लायर्स, श्रीकृष्ण खाद्यान्न, राजेन्द्र शान्ति जेभी, इन्द्रेणी इन्टेरियर्स, मिनाज कन्स्ट्रक्सन, इनाम आशिष सप्लायर्सलाई कर तिर्न आउन सूचना जारी गरेको छ ।

यस्तै एसएस इन्ट्रप्राइजेज, इमार्क ट्रेड लिंक, पशुपति हार्डवेयर सप्लायर्स, हनुमान सप्लायर्स, इशान मोटर्स, मा शान्तिस्केप सेन्टर, युनाइटेड सप्लायर्स, आरएस ट्रेडर्स, क्रियटिभ मिड प्वाइन्ट, गंगा ग्रुप अफ कम्पनी, शिलशिला ट्रेडर्स कम्पनी, सन्तोषी/लोहनी जेभी, ग्लोबल बुक्स एण्ड सोभिनियर, रोयल सप्लायर्स, जय माता दी कवाडी पसल, जगन्नाथ ग्रुप अफ इन्डस्ट्रिज, शुभलक्ष्मी सप्लायर्सलाई पनि कर तिर्न कार्यालयले ताकेता गरेको छ ।

न्यु बाबा कवाडी गड्डी, पशुपति इन्पेक्स, कृपा अटो ट्रेडिङ, लामिछाने ट्रेड लिंक, विपिन किराना तथा खाद्य स्टोर्स, आदित्य सपोर्ट सर्भिस, सविना मोटर्स, मनि इन्टरप्राइजेज, केबिसी विल्डर्स÷भरतपुर ब्रदर्स जेभी, सन्तोषी एडभेन्चर जेभी, हिपहप कम्प्युटर र मोबाइल पसल, एसटिइ टेक्निकल इन्जिनियरिङ, यश ट्रेड लिंक, संरक्षण÷नताशा जेभी, एम ट्रेड हाउस, प्रेरा आशिष जेभी, जय भोले हार्डवेयर स्टोर्स, प्रकाश ट्रेडिङ सेन्टर.पोषक आहार उद्योग, चाइना सिचुवान इन्टरनेशनल कर्पोरेशन, श्रेष्ठ सप्लायर्स, जलकन्या सप्लायर्स, शारदा सप्लायर्स, शुभ मोटर्स, एलिट÷एडभेन्चर÷लोहनी जेभी, लक्स स्टोर्स, पशुपति कुमार खाद्य सप्लायर्स, अटो स्पिड, शिवशक्ति रोयल जेभी, शुभकामना मेशिनरी स्टोर्सलाई समेत करका लागि ताकेता गरेको छ ।

डिएस ट्रेडिङ, समृद्धि ट्रेडर्स, एनएस डिस्टिब्युटर्स, हिना शु सेन्टर, प्राञ्जल ब्रदर्श, एक्सप्लोर एशिया प्यासिफिक, सन्तुलित फिड इन्डस्ट्रिज, जय बुद्ध ट्रेडिङ कन्सर्न, लिंक इन्टरनेशनल, नव दुर्गा इँटा उद्योग र शिवशक्ति रोयल जेभीलाई पनि १५ दिनको समयसिमाभित्र बुझाउन आउन ताकेता गरेको कार्यालयले जनाएको छ ।