नेपाल पत्रकार महासंघमा शेरबहादुर, प्रचण्ड र नेपाल प्यानलका विपुल पोखरेल विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं ऐतिहासिक (प्रत्यक्ष निर्वाचन भएकाले) महाधिवेशनबाट शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’, माधवकुमार नेपालको संयुक्त प्यानलका विपुल पोखरेल विजयी भएका छन् ।

चैत २५ गते भएको प्रत्यक्ष निर्वाचनबाट पोखरेलले ६९४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमाले ओली, मधेशवादी दल लगायत प्यानलकी निर्मला शर्माले ३९१५ मत प्राप्त गरेर हार व्यहोरेसँग महासंघको सल्लाहकार हुने अवसर प्राप्त गरेकी छिन् ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा अध्यक्षको उम्मेदवार रहेकी निर्मला शर्माले करीव आधा मत नै कम पाएकी छिन् ।

हुन त पत्रकार महासंघको सदस्यताका बारेमा विगतदेखि नै विवाद हुँदै आईरहेको देखिन्छ । पत्रकार महासंघका गैर पत्रकारको हावी हुने गरेको र गैर पत्रकार सदस्यहरुकै कारण महासंघ विवादित हुने गरेको स्वयं पत्रकारहरुले नै बताउँदै आईरहेका छन् ।

केपी ओली निकट प्रेस चौतारी निकट अध्यक्षले निर्वाचन हार्ने संकेत देखिए लगतै ओलीको पार्टी निकट रहेको चौतारीका दीपक पाण्डेले महासंघको सदस्यता वितरणका बारेमा आफ्नो फेसबुकमा लेखेका छन्, ‘ धन्य हो पत्रकार महासंघ, चुनाव जित्ने नाममा तिमीले बाँडेको सदस्यता देख्दा लाज लागेको छ । यस्तो हर्कत गर्नेलाई इतिहासले माफ नगर्ला । ’

दीपक पाण्डेले भने जस्तै साँच्चै पत्रकारलाई मात्र सदस्यता दिनुपर्दछ भन्ने सोच महासंघको विगतदेखि वर्तमान नवनिर्वाचित पदाधिकारीहरुलाई छँदै छैन ।हुन पनि करीव ६ वर्ष अघि दीपक पाण्डेसँग उठबस गर्ने र उनकै सल्लाहमा नेपाल पत्रकार महासंघका तात्कालिन अध्यक्ष गोविन्द चौलागाईँले ४ सय भन्दा बढी गैर पत्रकारलाई महासंघको सदस्यता वितरण गर्दा उनी खुशी देखिएका थिए ।

त्यही मतका कारण अहिले ओली छाडेर चौलागाई काग्रेस कै मतमा सचिवमा निर्वाचित भएका छन् । चौलागाई जस्ता धेरै अध्यक्षहरु कै कारण गैर पत्रकारहरुले पत्रकार महासंघको सदस्यता लिएका मात्र होइन । महासंघलाई नै गैर पत्रकारको अखडा बनाएका छन् ।

पुराना पत्रकार कुसुम भट्टराईले पनि पत्रकार महासंघको निर्वाचन पश्चात आफ्नो फेसबुका रोष व्यक्त यसरी गरे, ‘ महेश्वर दाहालहरुले १७ हजार नेपालीको बलिदानीपछि पनि राज्यसत्ता कब्जा गर्न त सकेनन्, तर पत्रकार महासँघ चाहिँ कब्जा गरे । काँग्रेस नेता कार्यकर्ता र पत्रकारका टाउका काटने माओबादीसँग घाँटी जोडेर बद्री सिग्देलहरु लोकतन्त्रको कमरेडी अभ्यास गर्दैछन् । काँग्रेस त उहिल्यै माओबादीको लकिरको फकिर भएकै हो, अब उसकै कृपामा काँग्रेसको अस्तीत्व निर्भर रहेको यो एउटा उदाहरण हो ।
जे होस्, झोलेहरुको कब्जामा गएको पत्रकार महासँघको कार्यालय अब सानेपा सरेको छ । म यीनलाई बधाई दिन सक्दीन, शुभकामना पनि भन्न सक्दीन । दलका झोलेहरुलाई पत्रकार मान्न म किमार्थ तयार छैन ।’

यो दोष यस्ता पात्रको होइन पत्रकार महासंघको केन्द्रीय नेतृत्व हाँक्ने पार्टीको निर्देशनमा चल्नेहरुको पनि उत्तिकै छ । नेपाल पत्रकार महासंघ साँच्चै पत्रकारहरुको मात्र संस्था बन्ने हो भने आजको जस्तो १३ हजार सदस्य होइन ३ हजार भन्दा बढी सदस्य हुने देखिँदैन ।

आशा गरौं आगामी दिनमा पत्रकार महासंघको नेतृत्व पत्रकार कै नेताले गरोस् । प्रचण्ड, देउवा वा ओलीको टिकट दिएर पठाएको कार्यकर्ताले होइन ।

ताजा अपडेट