देउवा र ठाकुरकाे चुनावमा जाने मन

काठमाडाैं । सतहमा सत्ता समीकरण बदल्ने प्रयास भइरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भित्री लाइन निर्वाचनमै जाने देखिएको छ । तत्काल चुनावमा जानका लागि तीन दलीय गठबन्धनको सरकार बन्न नदिन जसपाका ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले भूमिका खेलिरहेको छ ।

ठाकुर र महतो मुद्दाका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिन्छन् । चुनावमा जाने सबालमा यो पक्षको रणनीतिक योजना प्रधानमन्त्री ओलीका साथै कांग्रेस सभापति देउवासँग पनि मिल्छ । कांग्रेसले चैत २१ गते आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो । त्यस्तो निर्णय गराउने पक्षमा देउवा थिएनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको दबाबले उनी बाध्यतामा परेका हुन् । पार्टीको निर्णयपछि पनि देउवा केही दिन ढुक्कले बसे । सरकार निर्माणमा पहल नगरेको भनेर आलोचना भएपछि उनले शुक्रबार माओवादी केन्द्र र जसपासहितको बैठक डाके ।

कांग्रेस नेतृत्वमा सरकार बनाउन देउवाले औपचारिक रूपमा प्रस्ताव पनि गरे । माओवादी केन्द्रले सजिलै स्विकारे पनि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले मानेनन् । कांग्रेसका एक नेताका अनुसार ठाकुर र महतो सरकार निर्माणमा सामेल हुन्छन् भन्नेमा सुरुदेखि नै देउवालाई विश्वास थिएन । पौडेल र सिटौलाको दबाब मत्थर बनाउन मात्र उनले तीन दलको बैठक डाकेका हुन् । कान्तिपुर दैनिकबाट

+ posts

सम्वन्धित समाचार

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

ताजा समाचार

यसकारण छ नेपालमा पोलियोको जोखिम

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा...

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको...

न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।