चार वर्षदेखि फरार अपहरणकारी पक्राउ

पर्सा । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेपछि विगत चार वर्षदेखि फरार रहँदै आएका व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेका वीरगञ्ज महानगरपालिका–२९ निवासी ४० वर्षीय वुधनराम चमारलाई मुद्दा फैसला भएको चार वर्षपछि घरै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हाे ।

भारत विहारको पूर्वी चम्पारण रक्सौल निवासी रितेश कुमारलाई २०७१ साल भदौ ६ गते अपहरण गरी फिरौती माग गरेको अभियोग मुद्दाको पर्सा जिल्ला अदालतले २०७३ साल असार ६ गते फैसला गर्दै चमारलाई नौ वर्ष कैद र ५० हजार जरिवाना तोकेपछि उनी फरार रहँदै आएका पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डले जानकारी दिए।

पक्राउ परेका चमारलाई जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि वीरगञ्ज कारागारमा पठाउने तयारी रहेको प्रहरीले जानकारी दिएको छ । रासस

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।