सभापति देउवाद्वारा कोरानाको सङ्क्रमण नियन्त्रण गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको चपेटामा परेको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल नियन्त्रणका हर सम्भव उपाय गर्न सरकारसँग माग गरेका छन् ।
उनले सङ्क्रमितहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकारलाई गम्भीर हुन पनि माग गरेका छन् ।

मुलुकमा पछिल्ला समय कोभिड–१९ सङ्क्रमण दर तीव्र गतिमा बढेको र सङ्क्रमणबाट गम्भीर बिरामी भएर आइसियु र भेन्टिलेटरको आवश्यकता पर्नेको सङ्ख्या पनि बढ्दो छ । अहिले युवाहरुमा पनि सङ्क्रमण उल्लेख्य रुपमा बढेको र सङ्क्रमितको उपचार पूरा गर्न मुलुकको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको उनले उल्लेख गरे ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत आम नागरिकहरुलाई कोभिड–१९ को सङ्क्रमणवाट सुरक्षित राख्न कोरोनाविरुद्धको खोप सबैभन्दा भरपर्दो उपाय भएको उल्लेख गर्दै त्यसतर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको बताए ।

मित्रराष्ट्र भारतबाट शुरुमै १० लाख निःशुल्क खोप प्राप्त भएका कारण ठूलो राहत महसुस भएको थियो । पछि चीनबाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण भइरहेको बताउँदै उनले उक्त सहयोगका लागि दुवै मित्रराष्ट्रलाई धन्यवादसमेत दिए । सभापति देउवाले देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न अझ ठूलो सङ्ख्यामा खोपको आवश्यकता रहेकाले चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कूटनैतिक सक्रियता बढाउन पनि सरकारसँग माग समेत गरे ।

विकसित मित्रराष्ट्रहरुले खोप उत्पादक संस्थाहरुसँग आ–आफ्नो देशहरुको आवश्यकताभन्दा पनि बढी सङ्ख्यामा अग्रिम बुकिङ सुरक्षित गरेको अवस्थामा अग्रिम बुकिङ गर्न नसकेका नेपाल जस्ता देशहरुलाई बुकिङ भएको सङ्ख्या मध्येबाट खोप सुविधा उपलब्ध गराउन पनि सम्बन्धित मित्रराष्ट्रहरुसँग उनले अनुरोध गरे ।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...