निषेधाज्ञामा निःशुल्क दन्त उपचार

काठमाडौं । संवेदनशील मानिने मुख स्वास्थ्य एवं दाँतसम्बन्धी विभिन्न समस्या भएका सर्वसाधारणको घरमै पुगेर निःशुल्क सेवा दिने घोषणा गरिएको छ । निषेधाज्ञाका समय ओम समाज डेन्टल हस्पिटलले कसैलाई दाँत दुखाइको पीडामा बस्न नपरोस् भनी अशक्त, ज्येष्ठ नागरिक वा अन्य कुनै रोगले हिँडडुल गर्न नसक्ने बिरामीको निःशुल्क उपचार गर्न लागेको हो ।

सामाजिक कार्यका रूपमा दोस्रो पटक यो अभियान शुरुआत गरिएको हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले बताए । घरमै गएर निःशुल्क आपत्कालीन सेवाको उपचारका लागि हस्पिटलले सुविधा सम्पन्न उपकरण जडित एम्बुलेन्सको प्रयोग गर्ने उनले जानकारी दिए । यो सेवा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन गर्ने बताइएको छ । यसका लागि बिरामीले आफ्नो सम्पर्क फोन नम्बर, ठेगाना हस्पिटलमा फोन गरी टिपाउनु पर्नेछ ।

‘जसको दाँत सबल उसको जीवन सफल’ भन्ने मूल नारासहित दन्त रोगको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भनी देशैभर निःशुल्क दन्त शिविर सञ्चालन गरिरहेको तथा गत वर्षको बन्दाबन्दीको समयमा सामाजिक कार्यअन्तर्गत घरघरमा निःशुल्क उपचार सेवा दिएको हस्पिटलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

+ posts

सम्वन्धित समाचार

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

ताजा समाचार

यसकारण छ नेपालमा पोलियोको जोखिम

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा...

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको...

न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।