सवारी साधन पक्राउ गर्दै प्रहरी

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

पहिलो दिन धेरैजसोलाई सम्झाइबुझाई छाडिएको उनले जानकारी दिए । नियन्त्रणमा लिइएका सवारी साधनमा मोटरसाइकल २०७, तीन पाङग्रे ५८ र चार पाङग्रे पाँच वटा नियन्त्रणमा लिइएको छ ।
इनरुवाको महेन्द्रचोक क्षेत्र सिल 

सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ । तीन दिनको अवधिमा कोरोना सङ्क्रमणबाट एकै परिवारका दुईको मृत्यु र सात जना सङ्क्रमित  भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको उनले जानकारी दिए । सङ्क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिल गरिएको प्रजिअ ढकालले बताए । चोक क्षेत्र सिल गराउन नगर प्रमुख राजन मेहता स्वयं सो स्थान पुगेका थिए । जोखिम बढेकाले सिल गर्ने निर्णयमा पुग्नुपरेको भन्दै विषम परिस्थितिमा घरमै बसी कोरोना नियन्त्रणमा सघाउ पुर्याउन नगरवासीलाई उनले आग्रह गरे । रासस

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...