के के निर्णय पारित गर्ला मन्त्रिपरिषदले ?

काठमाण्डौ – मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्नेछ ।

बैठकले के-के विषयमा निर्णय गर्ने भन्नेबारे खुलाइएको छैन । नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा छलफल केन्द्रीत हुन सक्ने र आवश्यक निर्णय आउन सक्ने एक मन्त्रीले बताएका छन्  ।  यसअघि मन्त्रिपरिषद्को नियमति बैठक सोमवार बस्दै आएको थियो ।

आजको बैठकले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसलाई पारित गर्ने सम्भावना रहेको छ ।

सीसीएमसीले निषेधाज्ञाको समयमा गाडीको चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाका एक चौथाई शाखाहरु मात्रै सञ्चालन गर्न सिफारिस गरेको छ । त्यसमा पनि एक चौथाई कर्मचारी राख्नु पर्ने र त्यसको सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।

सीसीएमसीले सरकारी कार्यालयमा पनि एक चौथाई मात्रै कर्मचारी राखेर सञ्चालन गर्न सिफारिस गरेको छ । यस्तै बैठकले होटेल क्वरेण्टीन नियम पालना नगर्नेलाई कानुनबमोजिम जरिवाना गर्ने तथा होटेल क्वरेण्टीनको व्यवस्थापनमा लापरबाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।

+ posts

सम्वन्धित समाचार

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

ताजा समाचार

यसकारण छ नेपालमा पोलियोको जोखिम

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा...

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको...

न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।