यस्ताे छ कारण ओली देउवालाई भेट्न बुढानिलकण्ठ जानुकाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठमा गएका छन् । कांग्रेससहितका ४ दलले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि गठबन्धन बनाएपछि झस्कँदै  ओली देउवालाई भेट्न उनकै निवास पुगेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाकाअनुसार प्रधानमन्त्री भेटका लागि बुढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ग, गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायत पनि बुढानीलकण्ठ पुगेका छन् । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तापक्षीय एमालेले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा ४ दलको गठबन्धनबाट विपक्षी एमाले नेता खिमलाल देवकोटाको नाम चर्चामा छ । यसो हुँदा बादललाई जिताउनैपर्ने धपेडी भएको प्रधानमन्त्री बुढानीलकण्ठ पुगेर देउवालाई भेटेका हुन् । चुनावी गठबन्धन नै भन्दै कांग्रेस, माओवादी, विपक्षी एमाले र डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षीय जसपा एकातिर देखिएका छन् ।

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...