जटिल बिरामीले पनि अस्पतालमा अक्सिजन पाउँदैनन्

काठमाडाैं । काेराेना संक्रमणले जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकिरहेका छैनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे । यो स्थिति भोग्ने यी पुरुष एक्लो व्यक्ति होइनन् । जटिल अवस्थाका सयौं बिरामीले समयमै आइसियु र अक्सिजन पाउन नसकेको अस्पतालहरूले जनाएका छन् ।

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धुव्र गैरेका अनुसार उनकै नातेदार एक व्यक्तिका लागि आइसियु भेटिएन । बिरामीलाई गुल्मीबाट काठमाडौं ल्याउन खोजेकोमा आइसियु बेड नभेटेपछि बुटवलमै राख्नुपर्यो । आफूलाई दैनिक १५ देखि २० वटा फोन आइसियु खोजिदिन आग्रह गर्दै आउने गरेको उनले बताए । आफू वीर अस्पतालको वरिष्ठ चिकित्सक भएर पनि कसैलाई आइसियु खोजिदिन नसकेको उनले बताए । आइसियुको खोजीमा अस्पताल चहार्दाचहार्दै कतिपय बिरामीको मृत्यु भइरहेको छ । उनी भन्छन्, ‘कतिको एम्बुलेन्समै मृत्यु हुन्छ, कतिको वीरको आकस्मिक कक्षमा पुग्नेबित्तिकै मृत्यु हुन्छ । नागरिक दैनिकमा समाचार छ ।

+ posts

सम्वन्धित समाचार

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

ताजा समाचार

यसकारण छ नेपालमा पोलियोको जोखिम

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा...

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको...

न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।