थप खोप खरिद गर्न सक्ने अवस्थामा छैन नेपाल, अनुदानकै भर

काठमाडौं । नेपाल थप खोप खरिद गर्न सक्ने अवस्थामा छैन । हाल नेपालले अनुदानकै खाेपकाे भर पर्नुपर्ने अवस्था रहेकाे देखिएकाे छ ।  सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोरोनाविरुद्धको खोप खरिद बिचौलियाले बिथोलेको समाचार सार्वजनिक भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुमति प्राप्त २० लाख डोज खोप प्रतिडोज ४ डलरमा खरिद गरिएको मध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकी खोप वर्तमान विधि, परिस्थिति र भारतको अवस्थाले सेरमले नेपाललाई आपूर्ति गर्न आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ । थप ५० लाख मात्रा खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।’

मन्त्रालयले अन्य कम्पनीका खोपले औषधि व्यवस्था विभागवाट स्वीकृति पाएको र पाउने क्रममा रहेका जनाउँदै विज्ञप्तिमा उल्लेख गरेको छ, ‘नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनीतिक र अन्य माध्यमबाट प्रयास गरिरहेको छ ।’ यसैबीच नेपाललाई अत्यावश्यक रहेको कोरोना खोप खरिद प्रक्रिया बिथोलेको आरोप लागेको हुकुम डिस्ट्रिब्युटर्सले हालसम्म नेपालले खरिद भएको भ्याक्सिनमा आफ्नो आधिकारिक सहभागिता नरहेको दाबी एक विज्ञप्तिमार्फत बिहीबार गरेको छ । यस्ताे अवस्थाले नेपालले सबै नागरिकलाई खाेप लगाउन दिन दातृ राष्ट्रले दिने अनुदानकाे खाेप पर्खिनुपर्ने भएकाे छ ।

+ posts

सम्वन्धित समाचार

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

ताजा समाचार

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

यसकारण छ नेपालमा पोलियोको जोखिम

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा...

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको...

न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।