तेब्बर मूल्यमा मेडिकल सामग्री बेच्ने माफियालाई मामाघर पुर्यायाे प्रहरीले

पर्सा । प्रहरीले कोरोना महामारीको बेला तेब्बर मूल्यमा मेडिकल सामग्री बेच्ने माफियालाई मामाघर पुर्याएकाे छ । पल्स अक्सिमिटरको कालोबजारी गर्ने एक औषधि व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हाे। महामारीमा मौकाको फाइदा उठाउँदै तीन गुणा बढी मूल्यमा अक्सिमिटर बेच्ने वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय रामहरी तिवारीलाई प्रहरीले पक्राउ गरेको हो। तिवारीलाई एकहजार नौ सय पर्ने अक्सिमिटरलाई साढे तीनहजार बढी मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

तिवारीले आफ्नै घरमा औषधि पसल राखेर कालोबजारी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्त तिवारीलाई कालोबजारी सम्बन्धी कसुरमा कारबाही प्रकृया अगाडि बढाइएको खनालले जानकारी दिए। कोरोनाले गाँजेको वीरगन्जमा अक्सिमिटर बिक्री गर्दा कालोबजारी गर्ने तिवारीको पसलमा छापामार्दा थप १२ थान अक्सिमिटर पनि फेला परेको प्रहरीले जनाएको छ।

वीरगन्जका अन्य धेरै औषधि पसलमासमेत अक्सिमिटर र औषधिमा कालोबजारी भइरहेको उपभोक्ताको गुनासो छ। कालोबजारी ऐन अनुसार कसुर गरेको ठहर भएमा एक वर्ष कैद र दुईलाख ५० हजार जरिवाना वा दुवै सजाय हुने प्रावधान छ। अक्सिमिटरको काम शरीरमा अक्सिजन मापन गर्ने हो। कोरोना महामारी बढेपछि चिकित्सकहरुले सर्वसाधारणलाई अक्सिमिटर किन्न सुझाव दिन्छन्।

+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...