‘ओलीले टेरपुच्छर लाएनन्, अब सामुहिक राजिनामा दिन्छौं’

काठमाडाैं । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले टेरपुच्छर नलगाएपछि एमाले वरिष्ठ नेता माधव नेपालले सामुहिक राजिनामा दिने बताएका छन । ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो । पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको नेता माधवकुमार नेपालले बताए । नेता नेपालका अनुसार शनिबारको बैठकमा नेताहरूले ओली कुनै पनि हालतमा नसच्चिने र उनको जालोमा पर्न नहुने बताएका थिए र त्यसमा सबै सहमत छन् । ‘वार्ता र सहमतिका प्रयास भएका हुन् तर सहमतिका लागि ओलीजी तयार देखिनुभएन,’ नेपालले कान्तिपुरसित भने, ‘त्यसैले हामीले राजीनामा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं, आइतबार एकपटक बैठक बसेर राजीनामा दिन्छौं ।’ नेता नेपालले फागुन २८ गते ओली समूहले एकलौटी रूपमा गरेको निर्णयको खारेजी र २०७५ जेठ २ गतेमै पार्टीलाई फर्काउने आफूहरूको प्रस्तावमा ओली उदासीन भएको बताए । उनले आफूहरूले सांसद पदबाट राजीनामा दिनुलाई एमालेमै अन्तरसंघर्ष गर्ने भनेर बुझ्न आग्रह गरे ।

सांसद विरोध खतिवडाले नेपाल पक्षका सबै सांसदले संविधानको धारा ८९ ९क० अनुसार राजीनामा बुझाउने तयारी गरेको बताए । ‘राजनीतिक घटनाक्रम रातभरिमा के होला, कसो होला म जान्दिनँ, अहिलेसम्म छलफलका आधारमा हाम्रोतर्फबाट सम्पूर्ण प्रतिनिधिसभा सदस्यले राजीनामा दिने हो,’ उनले भने, ‘भोलि राजीनामा आउँछ ।’ शनिबार बसेको नेपालपक्षीय सांसदहरूको बैठकमा ओली समूहसँग अहिलेसम्म भएका वार्ता र त्यसको प्रगतिबारेमा नेताहरूले ब्रिफिङ गरेका थिए । त्यसपछि प्रत्यक्ष निर्वाचित २२ सांसदले मात्रै राजीनामा दिने कुरा उठेको थियो । अरूले ओलीविरुद्ध आफूहरू पनि रहेको र आफूहरूले पनि राजीनामा दिने बताएपछि खनाल–नेपालतर्फका सबै सांसद राजीनामा दिन तयार भएका हुन् । एमालेमा दुवै समूहले समानान्तर गतिविधि गर्दा खनाल–नेपाल पक्षमा ३८ जना सांसद थिए । पछि केही सांसद ओली पक्षमा लागे । अहिले खनाल–नेपाल पक्षले आफ्नो समूहमा ३५ सांसद रहेको बताइरहेको छ । कान्तिपु दैनिकमा समाचार छ- ओलीले खनाल–नेपाल पक्षका ३० सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...