चीनकाे सबैभन्दा ठूलाे रकेट हिन्दमहासागरमा खसेपछि…

एजेन्सी । चिनियाँ सञ्चार माध्यमका आुसनर चीनको सबैभन्दा ठूलो रकेट माल्दिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ । समाचारअनुसार रकेटको धेरैजसो भाग बायुमण्डलमै जलेको थियो । चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ उल्लेख गर्दै यस्तो समाचारमा यस्ताे बताइएको हो । अन्तरिक्षबारे निगरानी गरिरहेका विश्वभरका व्यक्तिले चीनको लङ मार्च ५बी अन्तरिक्षयानलाई लिएर विभिन्न अड्कलबाजी गरिरहेका थिए । मानव वस्ती वा भौतिक संरचना भएको ठाउँमा उक्त रकेट झर्यो भने त्यसले ठूलो क्षति गर्ने उनीहरुको चिन्ता थियो ।

समाचार एजेन्सी राेयटर्सका अनुसार उक्त चिनियाँ रकेट स्थानीय समयअनुसार १० बजेर १२ मिनेटमा पृथ्वीतर्फ खस्न सुरु भएको थियो । उक्त रकटलाई चीनले २९ अप्रिलमा हाइनान द्विपबाट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । अमेरिकाको यूएम स्पेस कमान्डले पनि उक्त रकेट वायुमण्डलमा प्रवेश गरेको पुष्टि गरेको छ, यद्यपी रकेट कहाँ खस्यो भन्ने यकिन जानकारी उसले दिएको छैन । यस रकेटको तौल १८ टन थियो । पृथ्वीको वायुमण्डलमा अनियन्त्रित भएर खस्ने यो दशक यताकै सबैभन्दा ठूलो रकेट थियो । यसबारे ह्वाइट हाउसले भनेको थियो– अन्तरिक्षप्रति जिम्मेवार व्यवहार अपनाउनु आवश्यक छ ।

चिनियाँ विदेश मन्त्रालयले सोभबार भनेको थियो– ३० मिटर लम्बाईको उक्त रकेट खस्ने बेलामा जल्ने भएकोले सायदै यसबाट कसैलाई नाक्सान हुन्छ ।
चिनियाँ सरकारी पत्रिका ग्लाबल टाइम्सले वायु मण्डल विशेषज्ञ साँग जोनपिंगलाई उल्लेख गर्दै लेखेको थियो– चीनको स्पेश मोनिटरिङ नेटवर्कले उक्त रकेटप्रति कडा निगरानी राखिरहेको र नोक्सान नहुने उपाय अपनाउने छ । तर, अमेरिकाको हार्र्वर्ड स्मिथसोनियम सेन्टर फर एस्ट्रोफिजिक्सका चर्चित एस्ट्रोफिजिसिस्ट जनाथन मेकडावलले भनेका थिए– यसबाट चीनको छवीमा खराब असर पर्ने देखिएकाे छ  । चीनकाे याे कार्यकाे विश्वले भर्त्सना गरिरहेकाे छ ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...